एनसिसि केन्याले एकैसाथ होली र अन्तर्राष्ट्रिय महिला दिवस मनायोः

Published On: Sunday, March 8, 2020 | Source: NRNA KENYA
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् केन्याले एकैसाथ फागुपूर्णिमा र ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । केन्याको नैरोबिमा ८ मार्चका दिन आयोजित उक्त कार्यक्रममा एनसिसि का अध्यक्ष सुरज डुम्रे र शिवलाल अधिकारीद्धारा आयोजित कार्यक्रममा महिला दिदीबहिनीहरुको हक अधिकारका बारेमा एनसिसि सचिव लक्ष्मी बलुन, महिला संयोजक कुमारी जिसी, श्रीमती गंगा वस्याल रेग्मी, श्रीमती शोभिता बस्नेत, कविता अधिकारीलगायतले आ–आफ्ना विचार राख्नु भएको थियो ।
नैरोबिमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबीच रंगको पर्व फागुपूर्णिमा भव्यरुपमा आपसी मेलमिलाप र हर्षोल्लासका साथ शुभकामना आदान प्रदान गरेर मनाइयो ।
कार्यक्रममा एनसिसि केन्याका अध्यक्ष सुरज डुम्रे र महासचिव टिका धितालले अन्तराष्ट्रिय श्रमिक महिला दिवस र फागुपूर्णिमाको अवसरमा शुभकामना दिनु भएको थियो । यी दुवै कार्यक्रममा एनसिसि केन्याका पदाधिकारीहरु, अग्रजहरु लगायत त्यहाँका गैरआवासीय नेपालीहरुको उपस्थिति रहेको थियो ।
 
एनसिसि केन्या ।